फोटो
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०१ साउन २०८३, १५ : ३१
सारांश
- बर्ड फ्लु संक्रमण नियन्त्रणमा आएपछि करिब एक महिनादेखि बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
- गत असार ५ गते बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना बन्द गरिएको थियो।
- चिडियाखाना प्रशासनले अवलोकनका क्रममा पशुपक्षीलाई खानेकुरा नदिन, सुरक्षित दूरी कायम गर्न, लामो समयसम्म नजिक नबस्न तथा मास्क प्रयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
काठमाडौं । बर्ड फ्लु संक्रमणका कारण करिब एक महिनादेखि बन्द रहेको ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ।
बर्ड फ्लुको संक्रमण नियन्त्रणमा आएपछि चिडियाखाना अवलोकनका लागि खुला गरिएको हो। संक्रमण पुष्टि भएपछि गत असार ५ गतेदेखि चिडियाखाना बन्द गरिएको थियो।
चिडियाखानामा काग मरेपछि गरिएको परीक्षणमा बर्ड फ्लु पुष्टि भएको थियो। संक्रमणका कारण ४१ वटा पशुपक्षी मरेका थिए।
चिडियाखाना प्रशासनले अवलोकनका क्रममा पशुपक्षीलाई खानेकुरा नदिन, सुरक्षित दूरी कायम गर्न, लामो समयसम्म नजिक नबस्न तथा मास्क प्रयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
शुक्रबार चिडियाखाना खुलेसँगै विभिन्न उमेर समूहका अवलोकनकर्ताको चहलपहल देखिएको छ ।
_dOAdwaGeDR.jpg)
_ltrj3Bwz04.jpg)
_TYEaFgbZGL.jpg)
_XdHX85cWBr.jpg)
_k33n9mkp5p.jpg)
_jV371qVkog.jpg)
_V4YQZm7eYa.jpg)
_bKZiXafxZH.jpg)
_543bgdLFh2.jpg)
_wNy6Fccp1U.jpg)
_01qldqfB1O.jpg)
_JHzBFPVPYk.jpg)
_oFVmfsdZwz.jpg)
_7PlzfNvgRC.jpg)
_SywOQBsxZ8.jpg)
_mK45cVKtQv.jpg)
_qkyuTojkJG.jpg)
_78HmSUUjQM.jpg)
_fgZqT8VWeB.jpg)
_ZLMTKvLGFt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
-
रोहित र विराट भारतको तेस्रो सबैभन्दा सफल जोडी
-
साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ
-
तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा ६ जना मनोनित
-
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण