प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
बिहीबार, ११ कात्तिक २०७८, ०८ : १८
संघीय संसद् अन्तरगत प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो । संघीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको जानकारी अनुसार आज प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन’ पेस गर्ने एक मात्र कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध पार्दै आइरहेको छ । अझै पनि संसद् सुचारु गर्नेबारे दलहरूबीच सहमति हुन सकेको छैन । तर, सर्वोच्च अदालतमा देखिएको विवादबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउनु पर्ने माग उठिरहेका बेला प्रतिनिधि सभाको बैठकलाई यसपटक चासोका साथ हेरिएको छ ।
यो पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

