मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण
बुधबार, १७ कात्तिक २०७८, ११ : २१
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको निरीक्षण गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताए ।
मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाए । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैछौँ”, उनले भने । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उनले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गरे । मङ्गलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ । त्यसैगरी आज ग्वार्काेमा पनि खोप केन्द्र थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण