बुटवलमा २७० मुद्दाको मेलमिलापबाटै निरुपण
सोमबार, २२ कात्तिक २०७८, १७ : ००
बुटवल उपमहानगरपालिकाले हालसम्म २७० वटा मुद्दाको मेलमिलापबाटै निरुपण गरेको छ । सम्बन्ध विच्छेद, घरेलु हिंसा, घर बहाल सम्झौता, आफ्नो निजी जग्गामा अरुले संरचना बनाएको तथा सिमाना विवादका २७० मुद्दाहरु न्यायिक समितिले मेलमिलापबाट निरुपण गरेको बुटवल नगरपालिकाले जनाएको छ । तीन सय अन्य मुद्दाहरु भने अदालत पठाइएको छ ।
समितिका कामलाई प्रभावकारी बनाएपछि दर्ता भएका अधिकांश उजुरी तथा निवेदन मेलमिलापबाट टुंगो लगाइएको मेयर शिवराज सुवेदीले बताए । पीडितका निवेदनका आधारमा आरोपितलाई समेत उपस्थित बनाएर विभिन्न चरणमा मेलमिलाप केन्द्रमा छलफल गराइएपछि त्यस्ता गुनासाहरूको समाधान सहज भएको न्यायिक समितिका संयोजक तथा उपप्रमुख गोमादेवी आचार्यको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
-
संसारकै सबैभन्दा जटिल घडी, १० मिलियन डलरभन्दा बढी मूल्य पर्ने अनुमान
-
स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सहजीकरण गर्छाैँ : प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण