प्रदेशको स्वास्थ्य क्षेत्र सुधारमा प्रतिवद्ध भएर जुटौँ : मन्त्री लामा
बागमती प्रदेशका नव नियुक्त स्वास्थ्य मन्त्री निमा लामाले प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिबद्ध भएर जुट्न आग्रह गरेका छन् । मन्त्रालयमा पदभार ग्रहणपछि भएको ब्रिफिङका क्रममा मन्त्री लामाले आफू कुरामा भन्दा काममा विश्वास गर्नेमा जोड दिनुपर्ने बताउँदै प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा प्रतिवद्ध भएर जुट्न आग्रह गरेका हुन् ।
उनले स्वास्थ्य क्षेत्रको विकासमा प्रदेश सरकारले आगामी दिनमा जिम्मेवार भएर योजना तर्जुमा गर्ने र सो योजनाहरुको सफल कार्यान्वयनमा लाग्न मातहतका निकाय र कर्मचारीहरुलाई निर्देशनसमेत दिए ।
स्वास्थ्य मन्त्रालय सधैं आकस्मिक स्वास्थ्य सेवाका लागि तयार रहनुपर्ने भएकाले मन्त्रालय अन्तर्गतका सबै इकाई आफैं पनि स्वस्थ हुनुपर्ने उनको भनाई छ । अस्पतालहरूको पूर्वाधार सुधार, गुणस्तरीय सेवा प्रवाह र सरसफाइमा विशेष ध्यान दिन उनले निर्देशन दिए । कोरोना महामारी विरुद्धका कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनको जोड दिए।
प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार एवं प्रशासनिक सुदृढीकरणका लागि मन्त्रालय टिमसँग समन्वयात्मक ढंगले काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले मन्त्रालयको संरचनात्मक अवस्था, प्रवाह गरिरहेका सेवा र आगामी कार्ययोजना लगायतको विषयमा जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण