काँग्रेसका परम्परागत गुट भत्किँदै
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए । संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् ।
पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन् । शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् । त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बाहिर रहेको उनी निकट नेताहरूको भनाइ छ ।
१० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौँबाट आफू निकट मन्त्री नपाएपछि नेता सिंह पौडेलसँग असन्तुष्ट बनेका हुन् । मन्त्रिपरिषद् विस्तारमा सिंह पक्षलाई मन्त्रीमा सिफारिस गर्ने विषयमा पौडेल समूहमा छलफलसमेत नभएको नेताहरू बताउँछन् । त्यति बेला पौडेल निकट दिलेन्द्र बडू कानुनमन्त्री बने भने शशांक कोइराला निकट मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण