शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी

शनिबार, २७ असार २०८३, २० : ४६
शनिबार, २७ असार २०८३

काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले काठमाडौँमा पठाओ चालकका रूपमा कार्यरत २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहको घटनालाई 'राज्यले गरेको हत्या'को संज्ञा दिएको छ । 

पार्टीका महासचिव अशोक सुवेदीद्वारा जारी प्रेस वक्तव्यमा मुगु जिल्लाका श्रमजीवी नागरिक नेपालीको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै यस घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरिएको छ ।

वक्तव्यमा यो घटना सामान्य आत्महत्या नभएर वर्तमान राज्य संयन्त्र, नीति र समाजको चरित्रका कारण सिर्जित हत्या भएको उल्लेख छ । 

विज्ञप्तिमा सरकारले नागरिकलाई रोजगारी दिन नसकेको, जनतामाथि करको भारी थोपरेको र राहत दिनुको सट्टा आत्मदाहको अवस्थामा पुर्‍याएको आरोप लगाइएको छ । पार्टीले यस व्यवस्था र सरकारी नीतिविरुद्ध एकजुट भई सशक्त आवाज उठाउन आम उत्पीडित जनसमुदायलाई आह्वानसमेत गरेको छ । 

यसअघि पनि विभिन्न राजनीतिक दललगायतले घटनाबारे सरकारले जिम्मा लिनुपर्ने माग उठाइरहेका छन् । 

samajbadi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप