शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बेल्बासे वंश समाजमा नयाँ नेतृत्व

शनिबार, २७ असार २०८३, १६ : ०८
शनिबार, २७ असार २०८३

भैरहवा । बेल्बासे वंश समाज भैरहवाको प्रथम अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। समाजको अध्यक्षमा गणेशप्रसाद बेल्बासे निर्वाचित भएका छन् । उपाध्यक्षमा पुनहरि बेल्बासे, सचिवमा झविन्द्रप्रसाद बेल्बासे, सहसचिवमा यज्जनप्रसाद बेल्बासे तथा कोषाध्यक्षमा विमला बेल्बासे चयन भएका छन्।

कार्यसमिति सदस्यहरूमा विष्णुप्रसाद बेल्बासे, ऋषिराम बेल्बासे, चुरामणि बेल्बासे, विक्रम बेल्बासे, विमला बेल्बासे र खगेन्द्र बेल्बासे निर्वाचित भएको निर्वाचन अधिकृत केशव शर्मा बेल्बासेले जानकारी दिए ।

अधिवेशनको उद्घाटन सत्रमा बेल्दै लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासेले समुदायबिच आपसी एकता, सहयोग र सद्भावलाई अझ सुदृढ बनाउँदै सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा बेल्बासे वंश समाज रुपन्देहीका अध्यक्ष मुकुन्दराज बेल्बासेले आगामी दिनमा समाजलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा घनश्याम बेल्बासे, विष्णुप्रसाद बेल्बासे, गणेशप्रसाद बेल्बासे, झविन्द्रप्रसाद बेल्बासे लगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप