३ दशक लामो सहकार्य तोड्दै आमनेसामने
शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली काँग्रेसका वर्तमान उपसभापति नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए । गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी काँग्रेसमा पनि देउवाका उत्तराधिकारी बन्न चाहन्थे ।
पार्टीको १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन् । तर मङ्सिर २४ देखि काठमाडौँमा तोकिएको १४ औँ महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन् । दुवैले सभापतिको प्रत्याशी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ ।
काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३ औँ महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको महत्त्वपूर्ण रहेको थियो । फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिकबीच एकीकरणको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि । झण्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण