राष्ट्रपतिसँग बक्सिङ फेडेरेसन टोलीको भेट
नेपाल भ्रमणमा आएको अन्तर्राष्ट्रिय बक्सिङ महासंघको ८ सदस्यीय टोलीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको छ । नेपाल बक्सिङ संघको आमन्त्रणमा नेपाल आएको अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ सहितको ८ सदस्यीय टोलीले आज राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेको हो ।
भेटघाटका क्रममा भ्रमणमा रहेको टोलीले विश्वमा बक्सिङ खेलको अवस्था बारेमा छलफल गरेको छ । छलफलका क्रममा राष्ट्रपति भण्डारीले नेपालले आफ्नो खेलमार्फत विश्वमा नेपाललाई चिनाउन थालेको बताएकी थिइन् । राष्ट्रपति भण्डारीले नेपालको बक्सिङ खेलमा अन्तर्राष्ट्रिय बक्सिङ संघले गरेको सहयोगलाई धन्यवाद दिएकी छन् ।
भेटमा नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपतिलाई मायाको चिनो प्रदान गरेको थियो । रुसी नागरिक क्रेम्लेभसहित आइतबारको ८ सदस्यीय टोली २ दिनको लागि आजै बिहान नेपाल आएको हो । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले र विभिन्न पदाधिकारीले स्वागत गरेका थिए ।
भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा पनि अवलोकन गर्ने तालिका छ । सोही क्रममा अन्तर्राष्ट्रिय बक्सिङ संघले नेपाल बक्सिङसंघलाई खेल सामाग्रि पनि प्रदान गरेको छ । अध्यक्ष सहितको टोली बिहीबार स्वदेश फर्कनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण