शशांक–शेखर एक ठाउँ उभिने संकेत
महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ । सो कार्यक्रममा महामन्त्री कोइरालाले शेखरले सबैलाई समेट्ने अवस्था आए आफू ब्याक हुन सक्नेसमेत संकेत गरेका थिए ।
‘रामचन्द्रजी एकपटक लडिसक्नुभयो, सिटौलाजीलाई पनि हामीले तान्नुपर्छ, उहाँसँग पनि धेरै मान्छेको आकर्षण छ, किनभने सिटौलाजीसँग धेरै मान्छेको आशा छ, उहाँलाई तानेर एउटै मात्र उम्मेदवार बनायौं भने शेरबहादुर देउवा हार्नुहुन्छ,’ सो भिडियोमा उनले अघि भनेका छन्, ‘अर्को प्रकाशमान, भन्दाखेरि मलाई नराम्रो लाग्छ तर सत्य हो, उहाँ काठमाडौंमै घेरिएर बस्नुभएको छ, बाहिर निस्केपछि प्रकाशमान सिंहलाई चिन्दैनन् मान्छेहरूले, हुन त उहाँ महामन्त्री हुनुभयो, त्यो अलग पाटो हो तर उहाँमा जुन आत्मीयता छ साथीहरूसँग त्यो म देख्दिनँ ।’
त्यसपछि उनले दाजु शेखरप्रति आफ्नो भनाइ मोड्दै भनेका छन्, ‘चौथो हो, शेखर दाइ, शेखर दाइ पनि लागिराख्नुभएको छ, भिडिरहनुभएको छ, मैले भनिहालेँ, हामी मिलेर जानुपर्छ भन्ने तपाईंहरूको भावना हो । त्यसलाई म कदर गर्छु र सम्मान गर्छु, शेखर दाइसँग कुरा हुन सकेको छैन । म जानेबित्तिकै उहाँसँग कुरा राख्छु । उहाँलाई सभापति हुन मन छ भने अरूलाई पनि कन्भिन्स गर्न सक्नुपर्‍यो । मलाई त गरिहाल्नुहुन्छ, मैले भनेको म बाधक हुदिनँ । बरु सबै मिलाउने काममा लाग्छु ।’ शशांकको यो आशयले सिटौलालाई पनि आफ्नो समूहमा मिलाउने संकेत गर्छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्यसँग जवाफ माग्न पुगेका युवालाई निर्ममतापूर्वक कुट्नु लज्जास्पदः गगन थापा
-
विवेक मण्डल भेन्टिलेटरमा, अवस्था गम्भीर
-
अनुहारमा चोट लागेका माजिद अन्सारीलाई थप उपचारका लागि शिक्षण अस्पताल लगियो
-
उपाधि दाबेदार इंग्ल्याण्डलाई रोक्न सक्ला त ‘डार्क हर्स’ नर्वेले ?
-
गणेश नेपालीको आत्मदाह राज्यसंरक्षित हत्या होः समाजवादी कम्युनिस्ट पार्टी
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण