बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले जनकपुरधामको विकासका लागि एक सय करोड छिट्टै उपलब्ध गराउने

बिहीबार, ०२ मङ्सिर २०७८, १४ : ००
बिहीबार, ०२ मङ्सिर २०७८

भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गर्नुभएको रु एक सय करोड छिट्टै उपलब्ध हुने बताएका छन् ।  धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका उनले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको  घोषणा बमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाएका हुन् ।

प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम  पनि रहेको उल्लेख गरे । पूजा अर्चनाका लागि जानकी मन्दिर पुगेका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिएका थिए ।

उनले भने, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार÷चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्याइदिनुस् ।” प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप