शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दिपक र दीपा बने एभरेष्ट ग्यासको ब्राण्ड एम्बेसडर

शनिबार, ०४ मङ्सिर २०७८, १० : ५७
शनिबार, ०४ मङ्सिर २०७८

एभरेष्ट ग्यासले स्थापनाको ३० औं वर्षपछि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले हास्य कलाकारद्वय दिपक गिरी र दीपाश्री निरौलालाई एम्बेसडरका रुपमा नियुक्त गरेको हो । एभरेष्टले प्रिमा, साहारा, सैपाल, सुगम र त्रिशुल लगायत सात वटा ब्राण्डका खाना पकाउने एलपी ग्यास उत्पादन गर्दै आएको छ ।

उद्योगले यी सबै ब्राण्डहरुका २० लाख सिलिन्डरबाट लाखौं नेपालीलाई सेवा दिइरहेको बताएको छ । देशभर गरी एभरेष्टको तीन हजार डिलर सञ्जाल छ । कार्यक्रममा बोल्दै ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले नेपालको ग्यास बजार अव्यवस्थित भएको बताए । उनले ग्यासको बजारलाई व्यवस्थित गर्नुपर्ने समय आइसके पनि त्यसो हुन नसकेको बताए ।

‘नेपालमा बिजुलीको पर्याप्तता बढेसँगै ग्यासको खपत घट्ने अनुमान भइरहेको छ,’ उनले भने, ‘तर, तत्काल नेपालमा ग्यासको स्थान बिजुलीले लिने स्थिति देखिँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप