काँग्रेस प्रदेशसभा निर्वाचन : सुर्खेतमा महामन्त्री खड्काकै वर्चश्व !
नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुर्खेतमा चारवटै निर्वाचन क्षेत्रको प्रदेशसभा अधिवेशन सकिएको छ । चारवटै क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षले जितेको छ । यसअघि पालिकाको अधिवेशनमा समेत वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई पछि पारेको देउवा पक्षले प्रदेशसभाको निर्वाचनमा पनि पछि पारेको हो ।
प्रदेशसभा निर्वाचन क्षेत्र १ (क) मा केशर वली, (ख) मा भुपेन्द्र सुवेदी सभापतिमा चयन भएका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र २ (क) मा कर्णबहादुर बुढा, (ख) मा तेजबहादुर बस्नेत सभापति बनेका छन् । उनी बराहताल गाउँपालिकाका अध्यक्ष पनि हुन् । सुर्खेतमा संस्थापन पक्षका नेता काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र इत्तर पक्षका नेता हृदयराम थानीबीच प्रतिस्पर्धा हुने गरेको छ ।
यसपटक पालिका र प्रदेशसभा निर्वाचनमा थानी पक्ष कमजोर देखिएको छ । केन्द्रमा महामन्त्री खड्का सभापति शेरबहादुर देउवा र थानी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण