खुल्यो अस्ट्रेलिया, कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाएकाहरुले अब सहजै प्रवेश पाउने
लामो समयपछि अस्ट्रेलिया प्रवेश खुल्ला भएको छ । हालैमात्र अस्ट्रेलियन सरकारले कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरुलाई प्रवेश खुल्ला गरेको हो । योसँगै अब कोरोनाविरुद्धको भ्याक्सिनको पूर्ण मात्रा लगाएका अष्ट्रेलियाली नागरिक, अष्ट्रेलियाको पीआर भएका व्यक्ति, विद्यार्थी भिषा प्राप्त गरेका व्यक्ति लगायत २८ प्रकारका भिसा प्राप्त गरेकाहरुले अष्ट्रेलिया जान अथवा अस्ट्रेलियाबाट बाहिरिन पाउने भएका छन् ।
अस्ट्रेलियाको सीमा खुलेसँगै वैदेशिक उच्च शिक्षाका लागि पर्खिरहेका विद्यार्थी माझ खुसी छाएको इन्टरनेशनल इन्स्टिच्युट अफ एजुकेसन अस्ट्रेलियाका संस्थापक सिइओ सागर लोहनी बताए ।
अष्ट्रेलियाली सरकारले एक सूचना जारी गर्दै कोरोनाको कारण यात्रामा लगाएको प्रतिबन्ध हटाएको घोषणा गरेको छ । अस्ट्राजेनिका, फाइजर, मोडर्ना, सिनोभ्याक, कोभ्याक्सिन र सिनोफार्मको खोपको दुई डोज अथवा जेनसेनको एक मात्रा खोप लगाइसकेको १८ वर्ष देखि ६० वर्ष सम्मका नागरिकहरूलाई अष्ट्रेलियाको यात्रामा प्रतिबन्ध फुकुवा गरिएको हो ।
यात्रा गर्नको लागि खोप लगाएको कम्तिमा पनि सात दिन कटेको हुनुपर्नेछ । त्यसैगरी १२ वर्ष भन्दा मुनिका बालबालिकालाई पूर्ण रुपमा खोप लगाइसकेको यात्रीको रुपमा लिइनेछ भने १२ वर्ष देखि १७ वर्षसम्मका बालबालिकालाई खोप प्रमाणको आवश्यकता नभए पनि पूर्ण रुपमा खोप लगाएको अभिभावकसँग आएको खण्डमा मात्र यात्रा गर्न दिइने अष्ट्रेलिया सरकारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण