एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने
नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ ।
‘महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्ने नै बैठकको मुख्य एजेण्डा हो । विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लाग्छ’, तामाङको भनाइ छ ।
महाधिवेशन प्रतिनिधि बढ्ने
यसैबीच, एमालेको १० औं महाधिवेशनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू बढ्ने भएका छन् । यसअघि १ हजार ९ सय ९९ प्रतिनिधि हुने भनिएकोमा पार्टी सदस्य संख्या बढेकाले महाधिवेशन प्रतिनिधि पनि बढने भएको एमाले नेताहरुले बताएका छन् ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले अनुमान गरिए भन्दा डेढ लाख पार्टी सदस्य थपिएकाले प्रतिनिधि संख्या पनि बढने भएका हुन् । तामाङले केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशतसहित २१ सय ५० देखि २२ सय सम्म प्रतिनिधि पुग्नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण