काँग्रेसका चर्चित नेताहरू जो महाधिवेशन प्रतिनिधिमै पराजित भए
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रिया जारी छ । अहिलेसम्म २५ जिल्लामा सभापति निर्वाचित भइसकेका छन् । जसमा संस्थापन सभापति शेरबहादुर देउवा र इतर समूह रामचन्द्र पौडेल पक्षको हैसियत बराबरी देखिएको छ ।
यसपटकको काँग्रेस महाधिवेशनमा चर्चित नेताहरू प्रतिनिधि छनोटमै पराजित भएका छन् । जसमा मन्त्री, सांसद, केन्द्रीय सदस्य, पूर्वसांसद, जिल्ला सभापति, उपसभापति, नेविसंघका वर्तमान र पूर्वपदाधिकारीसमेत छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमै पराजित भए । जबकि काँग्रेसको क्रियाशील सदस्यता वितरणदेखि कार्यालयका सबै काममा उनकै हात रहन्छ ।
काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल र बागलुङ जिल्ला सभापति दिपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बागलुङको क्षेत्र नम्बर १ बाट पौडेल र थापा खुला महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । दुवै संस्थापन समूहका हुन् ।
नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । बोहरा कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए । यस्तै, पूर्वसांसद बलदेव बोहरा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।
यस्तै, चितवनका काँग्रेस नेता एवं पूर्वमन्त्री शेषनाथ अधिकारी पनि महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । उनी देउवा समूहका नेताका रूपमा परिचित छन् ।
सुर्खेत काँग्रेसका सभापति महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । त्यस्तै, पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् ।
यस्तै, नेविसंघका बहालवाला र पूर्व महामन्त्रीसमेत पराजित भएका छन् । नेविसंघकी महामन्त्री महेश्वरी कुँवर, पूर्वमहामन्त्री सरोज थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यस्तै, नेविसंघका पूर्वमहामन्त्री बलदेव तिमल्सिना वडा कमिटीमै हारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण