सहमतिमै नेतृत्व चयन हुन्छ : बादल
बिहीबार, ०९ मङ्सिर २०७८, १३ : ०६
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् । महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए ।
आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्यौ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’
महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन् । एमाले नेता महेश बस्नेत आज चितवन आइपुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण