मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सहमतिमै नेतृत्व चयन हुन्छ : बादल

बिहीबार, ०९ मङ्सिर २०७८, १३ : ०६
बिहीबार, ०९ मङ्सिर २०७८

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं १०औँ राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलले सहमतिबाटै नेतृत्व गर्ने पार्टीको निष्कर्ष रहेको बताएका छन् । महाधिवेशनमा सहभागी हुन बिहीबार चितवन आइपुगेका बादलले सहमति नभए केही पदमा निर्वाचन हुन सक्ने बताए ।

आफु कुन पदमा उम्मेदवारी दिने भन्ने विषयमा अझै टुंगोमा नपुगिएको भन्दै उनले अब निर्णय गर्ने बताए । ‘स्थानीय तहमा सहमतिले नै नेतृत्व चयन गर्यौ । अहिले केन्द्रीय समितिको पनि सकेसम्म सहमतिले नै नेतृत्व चयन गर्ने भन्ने पार्टीको निश्कर्ष छ । सहमति भएन भने केही पदमा निर्वाचन हुन पनि सक्छ ।’

महाधिवेशनमा सहभागी हुन एमाले शीर्ष नेताहरु चितवन आउने क्रम सुरु भएको छ । एमाले अध्यक्ष ओली केहीबेरमा चितवन आउँदै छन् । एमाले नेता महेश बस्नेत आज चितवन आइपुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप