पूर्वमाओवादीका ३ जनाको नाम एमाले पदाधिकारीमा प्रस्ताव
एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादीका ३ नेताको नाम पदाधिकारीमा प्रस्ताव गरेका छन् । गए रातिको बन्दसत्रमा ओलीले रामबहादुर थापा बादल, लेखराज भट्ट र टोपबहादुर रायमाझीको नाम नाम प्रस्ताव गरेका हुन् । ओलीले सो नाम हलमा प्रस्ताव गरेसँगै उनीहरुले सोही अनुसार आफ्नो मनोनयन दर्ता गराउनुपर्नेछ । सो सबै पदमा चुनाव हुने भएको र हलबाट अनुमोदन नभएकाले मनोनयन दर्ता गराउनुपर्ने भएको हो ।
ओली बादललाई उपाध्यक्ष बनाएका छन् भने भट्ट र रायमाझीलाई सचिव बनाएका छन् । उनीहरु तत्कालीन नेकपा विभाजित भएपछि माओवादीतिर नगरेर एमालेमै बसेका थिए । अर्का नेता प्रभु साहलाई पनि केन्द्रीय समिति सदस्यमा प्रस्ताव गरिएको छ ।
एमाले अध्यक्षमा ओलीलाई चुनौति दिँदै भीम रावलले उपाध्यक्षमा घनश्याम भुसालले दावी गरेपछि तथा उनीहरुले चुनावी प्रक्रियामा जानुपर्ने बताएपछि निर्वाचन कार्यक्रम तय गरेर मतदानमा जान लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण