सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

दलहरूलाई लोकेन्द्रबहादुर चन्दको प्रश्न– अहिले जे परिस्थिति छ, यही ल्याउन खोज्नुभएको थियो र ?

बुधबार, १५ मङ्सिर २०७८, १४ : २५
बुधबार, १५ मङ्सिर २०७८

पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले विभिन्न राजनीतिक दलका नेताहरुलाई देशमा अहिले भइरहेकै परिस्थिति ल्याउनका लागि विगतमा संघर्ष गरेको हो र भन्ने प्रश्न गरेका छन् । पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चन्दले अहिले जनता सन्तुष्ट हुन नसकेको बताए । पार्टीका केही कार्यकर्ता, अवसर पाएका सीमित व्यक्तिहरु सन्तुष्ट भएपनि अहिले आम नेपाली जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।

उनले मुलुकमा बाहिरी हस्तक्षेप बढेको तथ्यलाई कसैले इन्कार गर्न नसक्ने बताए । दलहरूलाई उनले प्रश्न गरे, ‘बाहिरी हस्तक्षेपमात्र छ र ? अहिले जे परिस्थिति छ, यही ल्याउन खोज्नुभएको हो र ?’ अहिले मुलुकमा अन्यायले न्यायलाई दबाएको चर्चासमेत उनले गरे । उनले देशमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको पनि बताए ।

उनले राप्रपाको नेतृत्व सहमतिबाटै अध्यक्ष चयन हुनुपर्छ भन्ने भावना धेरैको रहेको भन्दै पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले सहमतिकै लागि भनेर त्याग गरेको बताए । उनले त्यागको यो भावना विस्तार हुँदै जाने र अन्त्यमा पार्टीले सर्वसम्मत् नेतृत्व प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप