दलहरूलाई लोकेन्द्रबहादुर चन्दको प्रश्न– अहिले जे परिस्थिति छ, यही ल्याउन खोज्नुभएको थियो र ?
पूर्वप्रधानमन्त्री तथा राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले विभिन्न राजनीतिक दलका नेताहरुलाई देशमा अहिले भइरहेकै परिस्थिति ल्याउनका लागि विगतमा संघर्ष गरेको हो र भन्ने प्रश्न गरेका छन् । पार्टीको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै चन्दले अहिले जनता सन्तुष्ट हुन नसकेको बताए । पार्टीका केही कार्यकर्ता, अवसर पाएका सीमित व्यक्तिहरु सन्तुष्ट भएपनि अहिले आम नेपाली जनता सन्तुष्ट हुन नसकेको उनको भनाइ छ ।
उनले मुलुकमा बाहिरी हस्तक्षेप बढेको तथ्यलाई कसैले इन्कार गर्न नसक्ने बताए । दलहरूलाई उनले प्रश्न गरे, ‘बाहिरी हस्तक्षेपमात्र छ र ? अहिले जे परिस्थिति छ, यही ल्याउन खोज्नुभएको हो र ?’ अहिले मुलुकमा अन्यायले न्यायलाई दबाएको चर्चासमेत उनले गरे । उनले देशमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको पनि बताए ।
उनले राप्रपाको नेतृत्व सहमतिबाटै अध्यक्ष चयन हुनुपर्छ भन्ने भावना धेरैको रहेको भन्दै पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले सहमतिकै लागि भनेर त्याग गरेको बताए । उनले त्यागको यो भावना विस्तार हुँदै जाने र अन्त्यमा पार्टीले सर्वसम्मत् नेतृत्व प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण