देउवा समूहले छान्यो लुम्बिनी प्रदेशमा पदाधिकारीका उम्मेदवार
नेपाली काँग्रेसको संस्थापन पक्षले लुम्बिनी प्रदेशका पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको संस्थापन पक्षकातर्फबाट पदाधिकारी चयन गरेका हुन् । सभापतिमा भरत शाह (रुपन्देही), उपसभापतिद्वयमा राजु खनाल (दाङ) सुधाकर पाण्डे (कपिलवस्तु) लाई उम्मेदवार बनाइएको छ ।
शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयमा जन्मजय तिमल्सिना (बर्दिया) र खिमान सिंह रायमाझी (प्युठान)लाई उम्मेदवार बनाइएको छ । यस्तै सह(महामन्त्रीमा लक्ष्मी नारायण शाह (बाके), सरिता चौधरी (रुपन्देही) र माया पुन (बाँके) बनाइएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई बताए ।
यसअघि रामचन्द्र पौडेल पक्षका पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको थियो । पौडेल पक्षीय सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेदवारी दिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण