काँग्रेस प्रदेश अधिवेशन : सुदूरपश्चिममा सुरु भयो मतदान
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशनमा मतदान सुरु भएको छ । शनिबार विहान १० बजेपछि धनगढीस्थित निर्माण व्यवसायी महासंघ कैलालीको कार्यालयमा मतदान भइरहेको छ । सुदूरपश्चिम प्रदेश सभापतिका लागि वीरबहादुर बलायर र नारायणदत्त मिश्र चुनावी प्रतिस्पर्धामा छन् । बलायर र मिश्र प्यानलसहित चुनावी दौडमा छन् ।

बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ । बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएको छ ।
यस्तै मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र रामबहादुर शाहीले उम्मेदवारी परेको छ भने सहमहामन्त्री पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी (कुँवर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
-
एआईले सिर्जनाको गति दिन सक्छ, तर आत्मा कलाकारले नै दिनेछ : शिव परियार
-
नर्भिक अस्पतालमा नसाबाट उत्पन्न दुर्लभ ट्युमरको सफल शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण