सिटौला पक्षलाई ‘चिट्ठा’ परेको प्रदेश १ बाट ७३३ महाधिवेशन प्रतिनिधि (सूचीसहित)
नेपाली काँग्रेसको यही साता सम्पन्न प्रदेश अधिवेशन अन्तरगत प्रदेश नम्बर १ मा कृष्णप्रसाद सिटौला पक्षले सभापति जित्यो । संस्थापनइतर पक्षका शेखर कोइरालालगायतले भोट नहाल्दा गुरुराज घिमिरे पराजित भएका थिए भने सिटौला पक्षमा उद्धव थापा विजयी भएका थिए । सो प्रदेशमा थापालाई देउवा पक्षको पनि समर्थन रहेको थियो ।
नेता कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, शेखर कोइराला, शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका काँग्रेसका हस्तीहरुको गृह प्रदेशबाट आउने प्रतिनिधिको संख्या ७३२ जना रहेको छ । चुनावमा नेताहरुको प्रभावका साथै गुटगत रुपमा प्रतिनिधिको प्रतिनिधित्व हुने निश्चित छ ।
काँग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार ताप्लेजुङ र पाँचथरबाट २७–२७ जना प्रतिनिधि सहभागी हुनेछन् । यस्तै इलामबाट ५३, झापाबाट १३२, संखुवासभाबाट २६, तेह्रथुमबाट २७, भोजपुरबाट २६, धनकुटाबाट २६ जना प्रतिनिधि सहभागी छन् ।
यस्तै मोरङका ६ निर्वाचन क्षेत्रबाट १५२ जना प्रतिनिधि चयन भएका छन् । यस्तै सुनसरीका ४ निर्वाचन क्षेत्रबाट १०५ प्रतिनिधि चयन भएका छन् भने सोलुखुम्बुबाट २८, खोटाङबाट २५, ओखलढुंगाबाट २७, उदयपुरबाट ५२ जना प्रतिनिधि चयन भएका छन् ।
काँग्रेसको आन्तरिक जीवनमा सबैभन्दा बढी प्रभाव राख्ने कोइराला परिवारको एकछत्र प्रभाव रहेको प्रदेश १ मा यसपटक संस्थापन पक्षले आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ । संस्थापन पक्षका ७, पौडेल–कोइराला पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापतिमा निर्वाचित भएका छन् ।
प्रदेश १ का १४ जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिएका छन् । झापामा सिटौला पक्षका सभापति छानिए । १४ औ महाधिवेशनमा प्रतिनिधि छनौटको अवस्था पनि बराबरीको अवस्था रहेको दावी गरिएको छ ।
प्रतिनिधिको नामावली हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र साउदी अरबबिच ऐतिहासिक आणविक सम्झौता
-
तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथीको दाबी
-
कर्णालीमा नेकपाले मुख्यमन्त्री कँडेलविरुद्ध दर्ता गराएको अविश्वासको पक्षमा मतदान गर्ने
-
गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : प्रचण्ड
-
कम्युनिस्ट र लोकतान्त्रिक शक्तिबिचको सहकार्य नै परिवर्तनको आधार : केपी शर्मा ओली
-
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण