आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अर्थमन्त्रीको दाबी
अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै प्राप्त हुने दाबी गरेका छन् । विभिन्न समस्याका कारण विगतमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने गरे तापनि अब त्यस्तो समस्या नहुने बताउँदै उनले लक्ष्य भेटिने दाबी गरेका हुन ।
बिहीवार प्रतिनिधिसभाको अर्थसमिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले अहिले कोभिड महामारीपछि ९८ प्रतिशत उद्योग, कलकारखानाहरू पुनः सञ्चालनमा आइसकेको बताए । सबैतिर आर्थिक गतिविधि बढेको र यसले पनि आर्थिक वृद्धिमा मद्दत पु¥याउने उनको भनाइ छ ।
आर्थिक वृद्धिदर प्राप्त गर्न पछिल्लो समय मुख्य चुनौतीका रूपमा ‘क्लाइमेट चेन्ज’ देखिन लागेको मन्त्री शर्माको भनाइ छ । बेमौसमी वर्षाका कारण खर्बौंको क्षति भएको भन्दै उनले यी चुनौती भए पनि आर्थिक वृद्धिदरको लक्ष्य भेटिने बताए ।
मन्त्री शर्माका अनुसार अहिले पनि बजारमा तरलता अभाव कायमै छ । अहिले बैंकिङ क्षेत्रमा १६ अर्बमात्र लगानीयोग्य रकम (तरलता) रहेको भन्दै उनले तरलता समस्या हटाउन सकिएको बताए ।
‘चालू आर्थिक वर्षमा मात्रै २३ खर्ब ८६ अर्ब राष्ट्र बैंकले तरलता प्रवाह गरेको भए पनि समस्या समाधान भइसकेको छैन यसमा पूँजीगत खर्च नहुनु पनि एउटा कमजोरी हो । तर, समग्रमा सरकारी खर्च गतवर्षको भन्दा २ प्रतिशतले बढी रहेको छ,’ मन्त्री शर्माको भनाइ रहेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण