नर्भिकमा ग्याष्ट्रोइन्टेरोलोजिष्टको निःशुल्क ओपीडी
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित विशेषज्ञ चिकित्सकले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रोफेस डा.सीताराम चौधरीले शनिबार निःशुल्क ओपिडी सेवा दिने भएका हुन् ।
पेट, आन्द्रा तथा कलेजोसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुले डा.चौधरीको निःशुल्क ओपिडीबाट लाभ लिनसक्ने अस्पतालले जनाएको छ । डा.चौधरीले बिहान १० बजेदेखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् ।
नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई संचालन गर्दै आएको छ । निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण बढ्दो छ । निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डबाट चक्लेटको प्याकेटमा लुकाएर गाँजा ल्याउने भारतीय नागरिक पक्राउ
-
क्रियाशील सदस्यता अध्यावधिकको प्रतिवेदन असार २५ गतेभित्र बुझाउन तरुण दलको निर्देशन
-
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु
-
यी मान्छेले खानै हुँदैन नरिवल पानी
-
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
-
कोस्तियान्तिनिभ्का कब्जा गरेको रुसी दाबी युक्रेनद्वारा अस्वीकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण