आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

सरकारका सय दिन : एक चलचित्रलाई सम्मान, एक हललाई अनुमति

आइतबार, २१ असार २०८३, ११ : १६
आइतबार, २१ असार २०८३

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले शनिबार आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । 

सोही क्रममा सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको चलचित्र क्षेत्रका दुई कामको बुँदा समेत समेटिएको छ । जसमा लामो समयदेखि बन्द अवस्थामा रहेको काठमाडौँको हात्तिसारस्थित ‘जय नेपाल’ चलचित्र घरको पुनः सञ्चालनका लागि चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्र प्रदान गरिएको छ ।

त्यस्तै  ‘कान्स फिल्म फेस्टिभल २०२६’ बाट जुरी अवार्ड प्राप्त गर्न सफल नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ लाई चलचित्र विकास बोर्डबाट विशेष समारोह आयोजना गरी सम्मानसहित प्रोत्साहन स्वरूप रू दुई लाख पचास हजार नगद पुरस्कार प्रदान गरिएको उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप