तीन बजेपछि सभापतिमा मेरो उम्मेदवारी दर्ता हुन्छ : विमलेन्द्र निधि
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, 'मैले महामन्त्रीको उम्मेदवारका लागि साथीहरुसँग छलफल गरिरहेको छु । पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । सम्पर्क कार्यालयमा साथीहरुसँग छलफल भइरहेको छ ।'
दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधिले जानकारी दिए । उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छु । ३ बजेपछि मेरो उम्मेदवारी दर्ता हुन्छ । मेरो उम्मेदवारी दिने कुरा पक्का हो ।’
शनिबार विहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र निधि दुई जना सभापतिका उम्मेदवार भन्ने निश्चित भएको छ । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका नेता गोपालमान श्रेष्ठले भने देउवालाई समर्थन जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
