तीन बजेपछि सभापतिमा मेरो उम्मेदवारी दर्ता हुन्छ : विमलेन्द्र निधि
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारीमा जुटेको बताएका छन् । रातोपाटीसँगको कुराकानीमा निधिले पूर्ण टीम बनाएर उम्मेदवारी दिने कि पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको बताए ।
उनले भने, 'मैले महामन्त्रीको उम्मेदवारका लागि साथीहरुसँग छलफल गरिरहेको छु । पुरै टीम दिने कि खाली पदाधिकारीमा मात्र उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको छ । सम्पर्क कार्यालयमा साथीहरुसँग छलफल भइरहेको छ ।'
दिउँसो तीन बजे आफूले उम्मेदवारी दर्ता गर्ने निधिले जानकारी दिए । उनले भने, ‘म सभापतिमा उम्मेदवारी दिने तयारी गर्दै छु । ३ बजेपछि मेरो उम्मेदवारी दर्ता हुन्छ । मेरो उम्मेदवारी दिने कुरा पक्का हो ।’
शनिबार विहान १० बजेबाट साँझ ५ बनेसम्म उम्मेदवारी दर्ता कार्यक्रम छ । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा र निधि दुई जना सभापतिका उम्मेदवार भन्ने निश्चित भएको छ । संस्थापन पक्षबाटै सभापतिमा दाबी गरेका नेता गोपालमान श्रेष्ठले भने देउवालाई समर्थन जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुगलमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने
-
तयार भयो टी–२० विश्वकपमा भारत र पाकिस्तानबिच खेल हुने न्यूयोर्कको स्टेडियम
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त
-
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव : सहकारी ठगीमा कारबाहीदेखि रुस-युक्रेन युद्ध रोक्नेसम्म
-
मकवानपुरका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
-
सुदूरपश्चिममा विपक्षी दलको अवरोधका बिच मुख्यमन्त्री सोडारीले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव