शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

मेलिना राईको नयाँ गीत सार्वजनिक

शनिबार, २५ मङ्सिर २०७८, १४ : ५७
शनिबार, २५ मङ्सिर २०७८

चर्चित गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरमा रहेको गीत ‘के छ तिम्रो विचार’ सार्वजनिक भएको छ । दीपराज थापाको तथा सोनाम बज्यूको संगीत र गीत संयोजन गीतमा छ । गीतको भिडियोमा कमेडियन दिनेश काफ्ले र अभिनेत्री नम्रता सापकोटाको रोमान्स रहेको छ । आरजु बैजुको कोरियोग्राफी रहेको भिडियो डान्सिङ शैलीमा बनेको छ । 

उमेरले परिपक्‍व एक युवतीलाई मन पराउने र मिठा-मिठा सपना देख्ने युवकको रमाइलो किस्सा भिडियोमा देखाउन खोजिएको छ । छायाङ्कन सुशन प्रजापतिको छायाङ्कन, मनोज कार्कीको सम्पादन रहेको भिडियोमा शिशिर खातीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप