आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोमबार, २७ मङ्सिर २०७८, २१ : ०८
सोमबार, २७ मङ्सिर २०७८

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १२९ जनामा गरिएको नमुना परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६ महिला र ११ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की १२ जना र नवलपरासी पूर्वमा ५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८ हजार १४४ पुगेको छ । गण्डकीमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार ४२३ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ५४० पुगेको छ भने होम आइसोलेसनमा १५७ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १८१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप