मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

यी तीन ट्याङ्की : जहाँ काँग्रेसको भविष्य कैद छ

मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : ५५
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदान सकिएको छ । निर्वाचन समितिका सदस्य एगराज पोखरेलले मत पेटिकालाई सिलबन्दी गरेर मतगणना स्थलमा पुर्याइएको छ । अबको केही बेरमा मतगणना सुरु हुनेछ । 

राष्ट्रियसभा गृहमा दिउँसो ३:३० बजेदेखि सुरु भएको मतदान निर्धारित समयभन्दा डेढ घण्टा ढिला राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ५६४ ले मतदान गरेका छन् ।

काँग्रेसले यसपटक पानी ट्याङ्कीलाई मतपेटिका बनाएको छ । आजको निर्वाचनमा ३ वटा त्यस्ता ट्याङ्की प्रयोग भएका थिए । ती ट्याङ्कीभित्र रहेका मतले  प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला मध्ये को पार्टीको नेतृत्वमा पुग्छ भन्ने फैसला हुनेछ ।  

हेर्नुहोस् तस्बिर:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप