भागबन्डामा एआईजी थपिँदै, डिआईजीको दौडमा को–को ?
काठमाडौँ । निर्वाचनको पुर्वसन्ध्यामा सरकारले नेपाल प्रहरीका केही अधिकृतहरुको बढुवा गर्ने तयारी गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार प्रधानमन्त्री एवम् गृहमन्त्री शेर बहादुर देउवा र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको चासो र भागबण्डामा दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थपिँदै छन् ।
त्यस्तै तीनजना प्रहरी नायव महानिरीक्षक (डिआईजी), पाँच बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी), पाँच प्रहरी नायव उपरिक्षक (डिएसपी) र सात प्रहरी इन्सपेक्टरको बढुवा गर्ने तयारी भईरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले आफु निकटका प्रहरी नायव महानिरीक्षक (डिआईजी) हेमन्त पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा गर्ने तयारी गरेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको कोटामा प्रहरी नायव महानिरीक्षक (डिआईजी) मधुप्रसाद पुडासैनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा हुँदैछन् ।
प्रहरी अधिकृतहरुको बढुवाका लागि बाधक मानिएको निर्वाचन आचारसंहीता पनि फुकिसकेको छ । निर्वाचन आयोगले केही दिनअघि मात्रै दुई एआईजीसहितका प्रहरी अधिकृतको बढुवाको लागि सहमती दिएको छ । निर्वाचन आयोगको कानुन महाशाखा प्रमुख सह–सचिव गीता तिम्सिनाले गृहले मागेबमोजिम बढुवाको सहमति पठाईएको बताईन् ।
एआईजी बढुवाका लागि प्रधानमन्त्री देउवा र नेता पौडेलेको रोजाईमा परेका दुई जना बाहेक पंकज श्रेष्ठ, माधव नेपाल, गोविन्द निरौला र रोमिनद्रसिंह देउजा, प्रतिस्पर्धामा छन् । नेपाल प्रहरीमा ईमान्दार प्रहरी अफिसरको छवी बनाएका डिआइजी पंकज श्रेष्ठ राजनीतिक पहुँचबाट टाढा भएका कारण अघिल्लो पटकको बढुवामा पनि छुटेका थिए ।
राजनीतिक पहुँच नपुगेका कारण अघिल्लो पटक गोविन्द निरौला पनि एआईजी बढुवा हुनबाट बञ्चित भएका थिए । यसरी ईमान्दारलाई छुटाएर अघिल्लो पटक सरकारले विवादित छविका बिजयलाल कायस्थ र मिङमार लामालाई एआईजीको फुली लगाईदिएको थियो । बिजयलाल कायस्थमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पती प्रकरणमा छानविन गरिरहेको छ ।
डिआईजीको दौडमा को–को ?
मन्त्रिपरिषद्को बैठकले दुईजनालाई एआईजीमा बढुवा गरेपछि तीनओटा डिआईजीको पद खाली हुन्छ । एसएसपीबाट डिआईजीमा बढुवा हुने सूचीको पहिलो नम्बरमा छन्, सुवास चौधरी । सिनियर हुँदाहुँदै पनि चौधरी अघिल्लो पटकको बढुवामा छुटेका थिए । बढुवाको दोस्रो नम्बरमा छन्, श्याम बहादुर खत्री ।
त्यसैगरी एसएसपी दिनेश अमात्य, पिताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिपक थापा र दानसिंह बोहरा डिआईजी बढुवका प्रतिस्पर्धी हुन् ।
सुवास चौधरी र श्याम बहादुर खत्री २०६९ सालमा एसपी बाट एसएसपीमा बढुवा भएका थिए । दिनेश अमात्य, पिताम्बर अधिकारी लगायतका अन्य प्रतिस्पर्धी उनीहरुभन्दा करिब डेढ बर्ष जुनियर हुन् ।
निर्वाचनको पुर्व सन्ध्यामा प्रहरी अधिकृतहरुको बढुवा गर्न लागेकोबारे गृह प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले अनभिज्ञता प्रकट गरेका छन् । ‘त्यसबारे केही निर्णय भएको छैन’ दुवाडीले रातोपाटीसँग भने, ‘मलाई केही सुचना नआएको हुनाले मैले के भनौं त ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
-
फिफा अध्यक्ष इन्फान्टिनोमाथि अनुसन्धान गर्न युरोपेली सांसदहरूको माग
-
‘सुकुमबासीको आँखामा आँसुको उपहार दिएर सरकारले १०० दिन मनायो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण