आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् । बुधबार कोभिढ १९ विरुद्धको खोप भण्डारण केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको राजधानी र नाम टुंगो लगाउने अन्तिम तयारी भैरहेको बताएका हुन् ।
उनले सम्बोधन गर्दै भने– ‘सरकारमा रहेका विभिन्न विचारधारा बोकेका र राजनीतिक पृष्ठभूमि भएकाहरु पनि एक भएर गइरहेका छौँ । प्रदेशको नाम र राजधानी टुंग्याउने तयारी गरिरहेका छौं ।’ उनले सरकारमा सहभागी राजनीतिक घटकका नेताहरुसँग पनि छलफल गरेर निकास दिनु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘थुप्रै विधेयकहरु टेबुलमा छन् । ती सबै विधेयकहरु समयमै पारित हुनेछन् ।’
दुईवटा अध्यादेशमार्फत वीरगञ्जमा प्रादेशिक प्राविधिक विश्वविद्यालय र राजविराजमा कृषि विश्वविद्यालय खोल्नका लागि अध्यादेश ल्याउन लागिएको बताउँदै उनले उक्त अध्यादेश पारित गरि निकास दिनका लागि प्रतिपक्षी दलहरूसँग आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण