शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउँछ : मुख्यमन्त्री राउत

बुधबार, २९ मङ्सिर २०७८, १२ : ४४
बुधबार, २९ मङ्सिर २०७८

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् । बुधबार कोभिढ १९ विरुद्धको खोप भण्डारण केन्द्रको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको राजधानी र  नाम टुंगो लगाउने अन्तिम तयारी भैरहेको बताएका हुन् । 

उनले सम्बोधन गर्दै भने– ‘सरकारमा रहेका विभिन्न विचारधारा बोकेका र राजनीतिक पृष्ठभूमि भएकाहरु पनि एक भएर गइरहेका छौँ । प्रदेशको नाम र राजधानी टुंग्याउने तयारी गरिरहेका छौं ।’ उनले सरकारमा सहभागी राजनीतिक घटकका नेताहरुसँग पनि छलफल गरेर निकास दिनु अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘थुप्रै विधेयकहरु टेबुलमा छन् । ती सबै विधेयकहरु समयमै पारित हुनेछन् ।’

दुईवटा अध्यादेशमार्फत वीरगञ्जमा प्रादेशिक प्राविधिक विश्वविद्यालय र राजविराजमा कृषि विश्वविद्यालय खोल्नका लागि अध्यादेश ल्याउन लागिएको बताउँदै उनले उक्त अध्यादेश पारित गरि निकास दिनका लागि प्रतिपक्षी दलहरूसँग आग्रह समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप