लेबनान मिशनका सैनिकको अदलीबदली
बिहीबार, ०१ पुस २०७८, १२ : ३०
युनिफिल मिशन लेबनानमा शान्ति सैनिकको जिम्मेवारी बहन गरिरहेका नेपाली सेनाको अदलीबदली शुरु गरिएको छ । लेबनानमा कार्यरत बर्दबहादुर गणको ६२ औं डफ्फालाई गोरख बक्स गणको ६३ औं डफ्फाले बदली गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
बर्दबहादुर गणलाई बदली गर्नको लागि प्रमुख सेनानी विकास केसीको नेतृत्वमा २१५ जना सैनिक इथिओपियन एअरलायन्सको चार्टर्ड विमानमार्फत मंसिर २९ मा मिशन इलाकामा प्रस्थान गरेका छन् ।
संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागी नेपाली सेनाले विभिन्न युएन मिशनहरुमा सहभागी भएर द्वन्दग्रस्त मुलुकहरुमा शान्ति स्थापनामा महत्वपुर्ण योगदान गर्दै आएको छ । सैनिक अदली बदली गर्दा कोभिड–१९ बिरुद्ध सुरक्षा सतर्कता अपनाइएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण