मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

देउवा समूहका भीष्मराज आङदेम्बे सहमहामन्त्रीमा विजयी

बिहीबार, ०१ पुस २०७८, २१ : ५७
बिहीबार, ०१ पुस २०७८

नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशनबाट विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । आदिवासीतर्फ ४६८१ मत खसेकोमा आङदेम्बेले २७११ मत ल्याएका छन् भने विकास लामाले १९१३ मत मात्र पाए । 

२१९ मत मात्र गन्न बाँकी हुँदा आङदेम्बेले ७५३ मतको अग्रता लिएका छन् । आङदेम्बे गन्न बाँकी मत भन्दा बढीको मतान्तर बनाएकाले उनी अन्तिम मत परणाम नआउँदै विजयी भएका हुन् । शेरबहादुर देउवा प्यानलका आङदेम्बे र शेखर कोइराला समूहका  लामाबीच एक सहमहामन्त्रीका लागि प्रतिस्पर्धा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप