नेपाली जनप्रगतीशील मञ्च अस्ट्रेलियाको अध्यक्षमा कँडेल
नेपाली जनप्रगतिशील मञ्च अस्ट्रेलियाको पाँचौँ अधिवेशनबाट प्रवीण कँडेल अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट उनको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा हिमलाल गैरे, कपिल पाण्डे , लोकराज पौडेल चयन भएका छन् भने महासचिवमा चुन्ना क्षेत्री चयन भएका छन् । यस्तै सचिवमा विक्रम शर्मा पंगेनी, कोषाध्यक्षमा प्रतिक पोखरेल, राष्ट्रिय महिला संयोजकमा सजना मानन्धर, राष्ट्रिय युवा संयोजकमा सुजन न्यौपाने चयन हुँदा सदस्यहरूमा अनिल पौडेल, हेमन्त खड्का, टंक सापकोटा, कलम खड्का, खिम भण्डारी, जीवलाल न्यौपाने, सन्तोष कँडेल, रेमन केसी, आवीस्कार पाण्डे, राजु ढकाल, प्रमोद दवाडी, सीताराम सापकोटा, मायाँ प्रसाद सुवाल, गौतम लामिछाने, अनन्त पौडेल, यादव बस्याल, क्रिस भट्टराई, सुजन अधिकारी, दीपक पाण्डे, राजन नेपाल, कृष्ण पौडेल, रमेश बेल्बासे र जगदीश देवकोटा चयन भएका छन् ।
अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले नेपालीहरुको हकहितको आवाजलाई बुलन्द पार्दै अस्ट्रेलियामा संगठन हाक्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरेका थिए । भर्चुअल कार्यक्रममा प्रवास समन्वय समितिका सहइन्चार्ज लक्ष्मण पन्त, ओशियाना संयोजक शेषमणि शर्मा, प्रवास समन्वय समितीका सदस्य मनरिसि धिताल, बाबुराजा महर्जन, इश्वर पौडेल, प्रकाश अधिकारि, सुनिता रेग्मी, पूर्व अध्यक्षहरु झलक राज ढुङ्गाना, भरत नेपाल, माण्डव राज कार्की, निवर्तमान उपाध्यक्ष निराजन गौली, नेपाली जनप्रगतिशील मञ्च न्यूजील्याण्डका अध्यक्ष बिसाल गौतम लगायतको पनि सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण