आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘सालको पात’ मा पवन र सुमिनाको रोमान्स

बिहीबार, ०८ पुस २०७८, १५ : ५०
बिहीबार, ०८ पुस २०७८

भ्वाइस अफ नेपालबाट गायनमा चिनिएका विनय कार्कीको नयाँ गीत ‘सालको पात’ सार्वजनिक भएको छ । विक्रम केसीको शब्द तथा गायक कार्कीकै संगीत गीतमा समेटिएको छ ।
गीतको म्युजिक भिडियोमा कलाकार पवन खतिवडा (म्याकुरी) र सुमिना खालिङको रोमान्स देख्न सकिन्छ । उनीहरुलाई अभिनयमा साथ सिवि चिरन, सुरेश खोली, बविता न्यौपाने दिएका छन् ।
आरोही इन्टरटेन्टमेण्टको प्रस्तुति रहेको भिडियो सशान कडेलले निर्देशन गरेका हुन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजवाहकको कोरियोग्री छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप