नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
आइतबार, ३१ जेठ २०८३, १४ : ५३
सारांश
- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको वा कसैको पनि भूमि नमिचेको बताएका छन् ।
- उनले आफू दुई पटक परराष्ट्रमन्त्री हुँदा पनि यस्तो जानकारी नआएको र प्रधानमन्त्री बालेनको भनाइले आश्चर्य चकित तुल्याएको बताए ।
- यादवले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री बालेनको भनाइलाई तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको मात्र नभई कसैको पनि भूमि नमिचेको बताएका छन् । आइतबार पर्सामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले आफू यो देशको दुई पटक परराष्ट्रमन्त्री भइसकेको तर हालसम्म त्यस्तो कुराको जानकारी कतैबाट नआएको बताउँदै प्रधानमन्त्री शाहले कसरी थाह पाए भनी आश्चर्य व्यक्त गरे । भारतले आजसम्म पनि नेपालले आफ्नो भूमि मिचेको कुराको दाबी नगरेको अवस्थामा प्रधानमन्त्री बालेनले उल्टै नेपालले भूमि मिचेको गैरकूटनीतिक कुरा गरेको उनले बताए ।
‘नेपालले भारतको भूमि मिचेको कुरा प्रधानमन्त्री बालेनले राखेका छन्, अब उनले नै तथ्य र प्रमाणका आधारमा पुष्टि गर्नुपर्छ’ अध्यक्ष यादवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
-
गोल्याण ग्रुपको रक्तदानमा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंसनीय
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण