गण्डकीमा थप १४ जनामा कोरोना सङ्क्रमण पुष्टि
गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा १३९ जनामा गरिएको नमुना परीक्षणमा १४ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ४ महिला र १० पुरुष रहेका छन् ।
प्रदेशमा विभिन्न जिल्लाहरूमा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । शर्माका अनुसार कास्की ८, तनहुँ १ र नवलपरासी पूर्व ५ जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८ हजार ३९० पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ४२६ पुगेको छ । प्रदेशमा पछिल्लो चौबिस घण्टामा १५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८६ हजार ८४२ पुगेको छ भने होम आइसोलेसनमा १०८ जना रहेका छन् । त्यसै गरी गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२२ पुगेको निर्देशनालयले जानकारी दिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछानेको मुद्दामा भएन सुनुवाइ
-
सबै नागरिकलाई कोषको पेन्सन योजनामा समेट्ने तयारी
-
शपथ लिएपछि शाक्यको प्रतिक्रिया : देश र जनताको हितमा काम गर्छु
-
इलाम–२ मा खड्का र नेम्वाङबिच प्रतिस्पर्धा, रास्वपाका उम्मेदवार चौथो स्थानमा (मतपरिणामसहित)
-
बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि
-
ट्रेलरमा यस्तो देखियो ‘खजुरे ब्रो’