हुस्सुले छोपियो काठमाडौं, स्वयम्भू क्षेत्रबाट यस्तो देखियो दृश्य
शुक्रबार, १६ पुस २०७८, ११ : १८
बिहीबारदेखि राजधानीमा वर्षा हुन छाडेपनि मौसम अझै खुल्न सकेको छैन । काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुको कारण भिजिबिलिटी कमजोर बन्यो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर नै बाक्लो हुस्सु र कुहिरो लागेको हो । पश्चिमी न्यून चापीय प्रणाली, भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण पनि हुस्सु लागेको हो ।
हुस्सुका कारण बिहान आन्तरिक र बाह्य कुनैपनि उडान हुन सकेन । त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरमा झरेको थियो । अहिले भिजिबिलिटी केही बढे पनि अझै उडान सूचारु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
राजधानीको स्वयम्भू क्षेत्रबाट देखिएका दृश्य हेर्नुहोस्












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
-
सम्झौताको एक वर्षअघि नै बन्यो गोरखामा मोटरेबल पुल
-
विराटनगरमा शेखर कोइराला र प्रकाशरण महतबिच भेटघाट
-
गण्डकीको बजेट खर्च हालसम्मकै कमजोर, बल्लबल्ल फर्स्ट डिभिजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण