माओवादीमा केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै, यस्तो छ निर्वाचन कार्यक्रम
नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको प्रक्रिया अघि बढ्दैछ । माओवादीको संशोधित विधानअनुसार खुल्लातर्फ १४५ जना र समानुपातिकतर्फ १५४ जना निर्वाचित हुनेछन् ।
माओवादी केन्द्रले सहमतिमै केन्द्रीय सदस्य चयन गर्ने प्रयास गरिरहेको छ । हाल कायम रहेका केन्द्रीय सदस्यलाई निरन्तरता दिने र बाँकी रहेकोमा क्लस्टर मिलाएर पूर्णता दिने तयारी छ । प्रवक्ता कृष्णबहादुर महरा सकभर निर्वाचन गर्नुपर्ने अवस्था नआउने बताउँछन् । ‘सहमतिमै नेतृत्व/कमिटी चयन प्रक्रिया अघि बढ्छ,’ उनले भने ।
महराले भनेअनुसार माओवादी केन्द्रमा चुनाव हुने सम्भावना न्यून छ । कथंकदाचित् भइहालेमा वा औपचारिकता पुरा गर्न केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
जसमा उम्मेदवारको मनोनयन पत्र दर्ताको समय २ देखि २:३० सम्म, उम्मेदवार प्रारम्भिक नामावली प्रकाशन ३:४० सम्म, उम्मेदवारको विरोधमा उजुरी ४ बजेसम्म, उजुरीको सूचना ४:१० सम्म, छानविन र निर्णय ४:३० बजेसम्म, उम्मेदवारको नामावली पुन:प्रकाशन ४:४० सम्म, उम्मेदवारको नाम फिर्ता ५:३० बजेसम्म र अन्तिम नामावली प्रकाशनको समय ५:४५ बजेसम्म तोकिएको छ ।
निर्वाचन हुने भएमा मतदान ६:२५ देखि राति १०:२५ बजेसम्म गर्ने कार्यक्रम छ ।
आकांक्षी धेरै
खुल्ला र समावेशीतर्फका सबै समूहमा पदभन्दा आकांक्षी धेरै भएपछि निर्वाचन समितिले सहमति नभएमा निर्वाचन अघि बढाउने गरी कार्यतालिका सार्वजनिक गरेर संशोधन पनि गरिसकेको छ ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले केन्द्रीय सदस्यको विस्तृत संरचनासहितको सूचना सार्वजनिक गरेका हुन् । जसमा खुला र समानुपातिकतर्फबाट निर्वाचित हुने सदस्यहरूको संख्या उल्लेख गरिएको छ । खुल्लातर्फ १४५ जना निर्वाचित हुने छन् ।
त्यस्तै, समानुपातिकतर्फ १५४ जनाका लागि निर्वाचन हुनेछ । दुईभन्दा बढी निर्वाचित हुने प्रत्येक क्लस्टरमा पुरुष, पुरुष युवा, महिला र महिला युवाका लागि छुट्टा-छुट्टै निर्वाचन हुनेछ ।
माओवादीको केन्द्रीय समितिको आकार २९९ सदस्यीय हुने विधानमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीलाई कांग्रेसको प्रश्न : अहिलेसम्म सरकार गठन किन नगरेको ?
-
जिफन्टले भन्यो– श्रमिकमाथिको शोषण झन् बढ्यो
-
संविधान संशोधन गर्ने बेला भयो : रमेश लेखक
-
बब्लु पासवान : लाल मोहम्मदको सर्भेलेन्स गराए, भारतबाट सुटर पठाए
-
माइतीघरमा राष्ट्रिय मुक्ति क्रान्तिको प्रतिरोध, तस्बिरमा हेर्नुस्
-
असारमा पुग्यो ‘दान्भी’