‘चोली मैलै भो’ भन्दै भुमिकाले नचाइन् क्यानडाका दर्शक
चर्चित लोक गायिका भुमिका गिरीले क्यानडाको दर्शक नचाएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर क्यानडाको ग्र्यान्ड तेज ब्याङ्केट हलमा शनिबार साँझ आयोजित ‘च्यारिटी नेपाल नाइट’ सांगीतिक कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीत संगीतबाट दर्शक नचाउन सफल भएकी हुन् ।
‘हङकङको चुरोट गोरखपुरको सलाई’ बोलबाट आफ्नो गायन सुरु गरेकी गिरीले ‘नरिसाउ न कान्छु’, ‘सररर आउ माया मिनिबस चढेर’, ‘चोली मैलै भो’ लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उनले प्रस्तुत गरेको अहिलेको हिट गीत ‘चोली मैलै भो’ मा भने दर्शकले अत्याधिक वान्स मोरको हुटिङ गरेका थिए । नेपाली पहिरन चोली र फरियामा कार्यक्रममा सहभागी उनले नाच्दै गीत प्रस्तुत गर्दा उनीसँगै दर्शक झुमेको देखिन्थ्यो ।
नेपाली तथा क्यानडाको राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रम करिब ६ घन्टा चलेको थियो । स्थानीय कलाकार मोहन राई, रीता बुर्लाकोटी, योङ रक स्टार ‘चिसो चिसो पानी’ लगायतको समेत सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा स्थानीय कलाकारले गीत, नृत्य र कमेडीको प्रस्तुति राखेका थिए ।
नेपाली क्यानेडियन कल्चर सेन्टर, नेपाल कम्युनिटी नेटवर्क क्यानडाले नेपाल कम्युनिटी हाउस निर्माणार्थ आयोजना गरेको उक्त सांगीतिक कार्यक्रमको ‘नेपाली समुदाय पहिचानको आधार, नेपाल घरको लागि कम्तिमा एक हजार’ नारा रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण