राजीवले ल्याए गीत ‘कर्फ्यु लगाइदे सरकार’
विगत ३ वर्षदेखि अस्ट्रेलियामा रहँदै आएका राजिव थापा ‘राजश्री’ विदेशमा रहे पनि कलाकारिता र समाजसेवालाई एकसाथ अगाडि बढाउदै आएका छन् । गीत–गजल, कविता, मुक्तक कोर्न रुचाउने उनले ‘कर्फ्यु लगाइदे सरकार’ बोलको गीत समेत सार्वजनिक गरेका छन् ।
थापाकै शब्द, पुस्तक प्रसादको संगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतमा दिनेश गौतमको स्वर रहेको छ । दिनेशले केही अगाडि ‘लखर लखर कता’, ‘चरी’ , ‘राजाको हात्ती’ गीत सार्वजनिक गरेका थिए ।

गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र मोडल सुधिर श्रेष्ठको रोमान्स देख्न सकिन्छ । भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।
युवा पुस्ताको सेन्टिमेन्ट ध्यानमा राखेर निर्माण गरिएको गीत तथा भिडियोले दर्शकको मन जित्ने अपेक्षा गीतकार थापाले गरेका छन् । भिडियो इनाक्षी इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
-
‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण