मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बिजुली बजारमा टिपरको ठक्करबाट पदैल यात्रीको मृत्यु, फरार चालक पक्राउ

मङ्गलबार, २७ पुस २०७८, १२ : १९
मङ्गलबार, २७ पुस २०७८

काठमाडौं महानगरपालिका–१० बिजुली बजारमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर व्यसी बस्ने कालिकोट पंचाल झरना गाउँपालिका–२ घर भएका २२ वर्षीय बिपिन बिक छन् । 

आइतबार राति बिपिनलाई ठक्कर दिई फरार रहेका बा २ ख ५१४५ नम्बरको टिपरका चालक भक्तपुर सल्लाघारी बस्ने सिन्धुपाल्चोक सेलाङ–५ घर भएका ३६ वर्षीय दुर्गा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पेप्सीकोला खहरेमा लुकाई राखेको उक्त टिपर सहित श्रेष्ठलाई सैनिक प्रहरीको सहयोगबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप