ad
x

३४ अर्ब रुपैयाँ थियो यो ‘सबैभन्दा महँगो घर’, अब मूल्य घटाएर यतिमा बेच्न राखियो

person explore access_timeपुस २७, २०७८ chat_bubble_outline0

 


अमेरिकाको सबैभन्दा महँगो घरको मूल्य अघिल्लो वर्षको तुलनामा अब निकै कम भएको छ । २१ बेडरुम भएको यो विलासी घरको मूल्य अब २०५ मिलियन डलर अर्थात् २४ अर्ब रुपैयाँ भएको छ । यसअघि यो घरलाई २९५ मिलियन डलर अर्थात् ३४ अर्ब रुपैयाँमा बिक्रि गर्न चाहन्थे ।



‘द सन’ मा छापिएको एक खबर अनुसार यो शानदार घर बनाउन अर्बौँ रुपैयाँको खर्च भएकमो छ । यो अहिले पनि पूर्ण रुपमा बनेको छैन । तर कम्पनी टाट पल्टिएका कारण यसलाई बेचिँदैछ । हलिउड निर्माताबाट डेभलपर बनेकी निल नियामीले सात वर्ष अघि यो घरको निर्माणका लागि ६ सय कर्मचारीलाई काममा राखेकी थिइन् ।



अघिल्लो वर्ष जनवरी महिनामा यसलाई लिलाम गर्नका लागि सुचिबद्ध गरिएको थियो । तर पछि घरलाई बिक्रिको सूचीबाट हटाइएको थियो । तर अब घरका मालिक ऋणमा डुबेका कारण एकपटक पुनः यसलाई कम मूल्यमा बेच्ने निर्णय गरिएको छ ।



क्यालिफोर्नियाको पहाडी इलाकामा बनेको यो घरको नाम ‘द वान’ हो । यो १० हजार वर्ग फिटमा फैलिएको छ । यो घरमा २१ बेडरुम, चार स्विमिङ पुल, ४५ सिट भएको सिनेमा हल, ३० वटा कार राख्न मिल्ने ग्यारेज, दौडनका लागि रनिङ ट्र्याक, एउटा इन्डोर स्पा, एउटा ब्यूटी सैलुन बनाइएका छन् । यो घर चारैतिरबाट खुल्ला छ, यहाँबाट पूरा शहरको रमणीय दृश्य देख्न सकिन्छ । यो घरका छिमेकीमा हलिउड स्टार पनि छन् ।



नियामीले भनेकी थिइन्, ‘यदि तपाईंसँग मोनालिसाजस्तो कुनै दुर्लभ चिज भएको भए तपाईं कुनै पनि मूल्यमा त्यो बेच्न सक्नुहुन्छ ।’ तर उनको सवालमा यस्तो हुन सकेन । उनले आफ्नो यो आलिशान घरलाई कम मूल्यमा बेच्नु परिरहेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।