कहिले पूरा होला बिजुली बाल्ने बारेकोट जिरीवासीको सपना
जाजरकोट -बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ऐयारीखोला लघु जलविद्युत् आयोजनाको निर्माण थालिएको ८ वर्ष बितिसक्दा पनि अझै अलपत्र छ । लघु सो आयोजना निर्माणका लागि खरिद गरिएका सामान यत्रतत्र छरिएर रहेका र कतिपय विद्युतीय सामानमा खिया लागेर पात पतिङ्गरले पुरिएका छन् ।
सो आयोजनाका लागि गठित उपभोक्ता समितिको लापरबाहीका कारण निमार्ण सुरु भएको ८ वर्ष बितिसक्दा पनि पूरा नभएको स्थानीयवासीको भनाइ छ ।
उपभोक्ता समितिले अन्य उपसमितिलाई कुनै जिम्मेवारी नदिएको सामान खरिद उपसमितिका अध्यक्ष जयलाल रावतको गुनासो छ । सामान खरिद उपसमितिको आफू संयोजक भएपनि सो आयोजनाका लागि कहाँबाट कति सामान खरिद गरिएको छ भन्ने आफूलाई थाहा नभएको जयलाल उनले बताए ।
आठ वर्षको अवधिमा तीन पटक उपभोक्ता समिति फेरबदल भइसकेको छ । सुरुमा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावतले आयोजनाका सम्पूर्ण कागजात सचिव पदमबहादुर शाहीसंग भएकाले यसको यथार्थ विवरण आफूसंग नभएको बताए ।
सो आयोजनाका लागि संसद विकास कोषबाट प्राप्त भएको रु सात लाख दोस्रो पटकका अध्यक्ष प्रकाण्ड रावतले चलाएको तर उहाँको पालामा पालामा कुनै पनि काम नभएको पूर्व अध्यक्ष रावतले उल्लेख गरे ।
गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा सिर्जना बस्नेत निर्वाचित भएपछि वडास्तरीय प्रथम बैठकमा आगामी दसँैमा गाउँमा बत्ती बाल्न प्रकाण्डको समितिलाई विघटन गरेर लालबहादुर सिंहको अध्यक्षतामा तेस्रो उपभोक्ता समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण