एमाले रौतहट अध्यक्षमा साह, गिरि पक्षले भन्यो–‘एकलौटी कमिटी अवैध हो’
नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।
एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो ।
तर, गिरिले अध्यक्ष मण्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध भनेका छन् । ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ नयाँ कमिटी घोषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।
तर, प्रभुले भने अध्यक्षमा त्रिभुवन साह, उपाध्यक्षमा दिपक यादव, सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेलसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण