राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित
बुधबार, १२ माघ २०७८, १६ : १५
प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।
उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।
यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन् ।
प्रदेश १ मा राष्ट्रियसभा सदस्यको तीन सिटका लागि ८ उम्मेदवार चुनावी मैदानमा छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण