शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ

शनिबार, ०२ साउन २०८३, २२ : ३४
शनिबार, ०२ साउन २०८३

सारांश

  • सप्तरी प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएको ६१८ थान 'सोनारी डाई' र एउटा भारतीय कारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
  • गत असार ३२ गते राजविराज नगरपालिका वडा नं. ७ मा जाँच गर्ने क्रममा भारतीय कारमा लुकाई राखेको अवस्थामा उक्त डाई फेला परेको थियो ।
  • पक्राउ परेका दुवै जनालाई कार र डाईसहित आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाइएको छ ।

काठमाडाैँ । सप्तरी प्रहरीले भन्सार छली अवैध रूपमा भित्र्याइएको ठुलो परिमाणको ‘सोनारी डाई’ र एउटा कारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, गत असार ३२ गते राजविराज नगरपालिका वडा नं. ७ स्थित उच्च अदालत जनकपुर राजविराज इजलास अगाडिको सार्वजनिक सडक खण्डमा जाँच गर्ने क्रममा उक्त सामग्री बरामद गरिएको हो । राजविराजबाट सिरहातर्फ जाँदै गरेको बी आर ३९ ए भी ०८७१ नम्बरको भारतीय कारलाई रोकी जाँच गर्दा कारको बिचको सिट र पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा भन्सार छली चोरी पैठारी गरी ल्याइएको ६१८ थान सोनारी डाई फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा कार चालक भारतको विहार राज्य, कटिहार जिल्ला, कटिहार थाना, दुर्गापुर ग्राम पञ्चायत पश्चिम टोला वडा नं. ३२ बस्ने वर्ष ४९ का नाहिद निनियाज अखतर र सोही स्थान बस्ने वर्ष ५० का मो. एकबाल रहेका छन् ।

प्रहरीले नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गरिएको कार र ६१८ थान सोनारी डाईसहित आवश्यक कारबाहीका लागि साउन १ गते राजविराज भन्सार कार्यालय तिलाठी, सप्तरीमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप