आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे राशिफल

आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

आइतबार, ०३ साउन २०८३, ०५ : २६
आइतबार, ०३ साउन २०८३

सारांश

  • वि.सं.२०८३ साल साउन ३ गते आइतबारको पञ्चाङ्ग अनुसार आजको दिनको शुभ तथा अशुभ समय र राहुकालको बारेमा जानकारी दिइएको छ ।
  • आजको राशिफल अनुसार मेष राशिका लागि आर्थिक पक्ष कमजोर रहनेछ भने वृष राशिका लागि व्यापारबाट नाफा कमाउन सकिनेछ ।
  • आजको दिनमा शुभकार्य तथा यात्राको लागि लाभबेला र अमृत बेलाको समय पारेर गर्नु उपयुक्त हुनेछ ।

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल साउन ३ गते । आइतबार । इस्वी सन् २०२६ जुलाई १९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । वर्षा ऋतु । श्रीशाके १९४८ । आषाढ शुक्लपक्ष । तिथि–पंचमी, बिहान ७ बजेर ३९ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तराफाल्गुनी, बेलुकी १० बजेर २० मिनेट उप्रान्त हस्त । योग–परिध, रातको १२ बजेर २४ मिनेट उप्रान्त शिव । करण–बालव, बिहान ७ बजेर ३९ मिनेट उप्रान्त कौलव, बेलुकी ७ बजेर २२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या ।

काठमाडौमा सूर्योदय बिहान ५ बजेर २१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ४ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर २१ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर २२ मिनेटदेखि बिहान ७ बजेर ३ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ४ मिनेटदेखि बिहान ८ बजेर ४५ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ४६ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २८ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ५२ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ५३ मिनेटदेखि दिउँसो ३ बजेर ३४ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ३५ मिनेटदेखि बेलुकी ५ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ५ बजेर १७ मिनेटदेखि बेलुकी ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ५ बजेर १६ मिनेटदेखि बेलुकी ६ बजेर ५८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ४५ मिनेटदेखि बिहान ४ बजेर ३३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

सर्वार्थसिद्धि योग

बेलुकी १० बजेर ४० मिनेट पछि सर्वार्थसिद्धि योग रहेको छ ।

नोट : यस योगमा गरेको काम सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनशैली व्यस्त रहे पनि आर्थिक पक्ष कमजोर रहनेछ । कुनै पनि विवादमा सामेल नहुनुहोला हुलमुलमा फस्ने तथा नराम्रा परिणामको सामना गर्नु पर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । माया प्रेममा चिसोपनको विकास हुनेछ ध्यान दिनुहोला । आफन्त तथा मामा मावली पक्षसँग नजिक नहुनु तथा आजको दिन सँगै काम नगर्नु नै राम्रो रहेको छ । तर पनि खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । खेल क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाको लागी समय उत्तम रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारबाट नाफा कमाउन सकिनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिनभन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ । साँझपख खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाब सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । तर पनि ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी रुपैयाँ पैसा कमाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धब हरुसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । साँझपख खेलकुद, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ । अध्ययनमा मन जाने हुनाले नतिजा तपाईँ कै पोल्टोमा पर्नेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समय फलदायी रहनेछ । परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ । खेल क्षेत्र, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजबुत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरू प्राप्त हुनेछन् । खेलाडी तथा विद्यार्थिहरुका लागी आजको समय उत्तम रहेकोले नतिजा आफैतिर ल्याउन सकिनेछ । आफन्त तथा परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । प्रणय सम्बन्धमा सुधारको सङ्केत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउँदै बढ्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि  विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा खेल क्षेत्रमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) जानकारीको अभावले कामहरू बिग्रनेछ भने आलोचनाको सिकार होईनेछ । आर्थिक पक्ष कमजोर रहने तथा यही बेलामा व्यापार व्यवसायमा मन्दी आउनेछ । आम्दानी भन्दा खर्च अधिक हुने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो पर्नेछ । पढ्ने लेख्ने काममा खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसक्दा मान सम्मान पाउने योग टरेर जानेछ । तर पनि यात्रा, खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म तथा खेलकुदका सामान लगायत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेको छ भने पढाइ लेखाइमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । खेलकुद, यता तथा मनोरञ्जनमा  समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । व्यापार व्यवसायमा लगानी गर्नुपुर्व आवश्यक तयारी राम्रोसँग गर्नुहोला । पढाइ लेखाइमा मन नजाँदा भनेजस्तो नतिजा नआउन सक्छ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन मध्यम रहेको छ । गोप्यता भङ्ग हुने तथा आफन्तसँग विवाद बढ्नेछ ।  तर पनि अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । खेल क्षेत्र, यात्रा तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । साँझपख खेलकुद, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप