सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
सारांश
- मियामीमा भएको फिफा विश्वकप २०२६ को तेस्रो स्थानको भिडन्तमा इङ्गल्याण्डले फ्रान्सलाई ६-४ ले पराजित गरेको छ।
- कुल १० गोल भएको यस खेलमा इङ्गल्याण्डले विश्वकप इतिहासकै एक अत्यन्तै रोमाञ्चक र यादगार जित हासिल गरेको छ।
- यस जितसँगै इङ्गल्याण्डले सन् १९६६ पछिको विश्वकपमा आफ्नो सबैभन्दा उत्कृष्ट नतिजा आत्मसात् गरेको छ।
काठमाडाैँ । मियामीमा भएको फिफा विश्वकप २०२६ को अत्यधिक सनसनीपूर्ण र रोमाञ्चक तेस्रो स्थान (कांस्य पदक) को भिडन्तमा इङ्गल्याण्ड विजयी भएको छ । कुल १० गोल भएको विश्वकप इतिहासकै एक अत्यन्तै रोमाञ्चक र यादगार खेलमा फ्रान्सलाई ६–४ को नतिजाले पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको हो ।
यस जितसँगै इङ्गल्याण्डले सन् १९६६ पछिको विश्वकपमा आफ्नो सबैभन्दा उत्कृष्ट नतिजा आत्मसात् गरेको छ भने यसअघि सन् १९९० र २०१८ मा तेस्रो स्थानको खेल गुमाएको टोलीले यसपटक पराजयको 'ह्याट्रिक' टार्न सफल भएको छ ।
इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७ औँ, ४५ औँ र ८७ औँ (पेनाल्टी) मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए भने १८ औँ मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौँ मिनेट अर्थात् ९०+८ औँ मिनेटमा जुड बेलिङ्घमले गोल थप्दै इङ्गल्याण्डको ६–४ को ऐतिहासिक जित पक्का गरे ।

अर्कोतर्फ, पहिलो हाफमा ४–० को विशाल गोल अन्तरले पछि परेको फ्रान्सले दोस्रो हाफमा उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । फ्रान्सका लागि स्टार फरवार्ड किलियन एम्बाप्पेले ४८ औँ र ६६ औँ मिनेटमा दुई गोल गरे भने ५४ औँ मिनेटमा एम्बाप्पेकै पासमा ब्राड्ली बारकोलाले गोल गरेका थिए । खेलको इन्जुरी समय अर्थात् ९०+६ औँ मिनेटमा ओसमान डेम्बेलेले गोल गरेपछि फ्रान्सले खेललाई ४–५ को अत्यन्तै रोमाञ्चक स्थितिमा ल्याएको थियो । यद्यपि, खेलको अन्तिम सेकेन्डमा बेलिङ्घमले गोल गरेपछि फ्रान्सको ऐतिहासिक पुनरागमनको प्रयास असफल हुन पुग्यो ।

खेलमा पराजित भए पनि फ्रान्सेली कप्तान किलियन एम्बाप्पेले दुईवटा विशाल कीर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका छन् । आजको खेलमा दुई गोल गरेसँगै उनी फिफा विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका छन् । उनले समग्र विश्वकप करियरमा आफ्नो गोल संख्या २२ पुर्याउँदै अर्जेन्टिनाका लियोनेल मेस्सीको २१ गोलको रेकर्डलाई भंग गरेका हुन् । साथै, जारी विश्वकपमा आफ्नो गोल संख्या १० पुर्याउँदै एम्बाप्पेले यस संस्करणको गोल्डेन बुटको दौडमा पनि एकल अग्रता बनाएका छन् । मेस्सीको फाइनल खेल अझै बाँकी रहे पनि हालका लागि एम्बाप्पे विश्वकप इतिहासकै सबैभन्दा सफल गोलकर्ताका रूपमा उभिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा भूमिका प्रभावकारी बनाउन सांसदसँग अन्तरक्रिया गर्दै एमाले, अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
आज दुई संसदीय समितिको बैठक बस्दै
-
‘देशमा कु भइसक्यो, संविधान बाहिरबाट आएको शक्तिले राज गर्दै छ’
-
गौर भन्सारको उपलब्धि : लक्ष्यभन्दा ४१ प्रतिशत बढी राजस्व सङ्कलन
-
नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध
-
गोरु पाल्ने किसानलाई प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण